काठमाडौं । जय ट्रफी एलिट कप क्रिकेटमा नेपाल पुलिस क्लबले पहिलो जित हासिल गरेको छ । कुशल भूर्तेलको अलराउन्डर प्रदर्शनमा पुलिसले मधेस प्रदेशलाई एक इनिङ्स र ३४ रनले हराएको हो ।
वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा भएको खेलमा आफ्नो दोस्रो इनिङ्समा मधेस ३२.२ आभेरमा ९४ रनमा अलआउट भयो ।
पुलिसको बलर खेलमा हाबी हुँदा मधेसका ब्याट्सम्यान चल्न सकेनन् । मधेसका लागि विशाल पटेलले २७, मयन यादवले २२ र हिमान्शु दत्तले १७ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् ।
पुलिसका लागि भने कुशल भूर्तेलले ५ विकेट लिए । उनले ४.२ ओभरमा २२ रन खर्चेर ५ विकेट लिए ।
कुशलले एकै ओभरमा ३ विकेट लिए । उनले २६.२, २६.५ र २६.६ ओभरमा विकेट लिएका हुन् । उनले २६.२ मा हिमान्शु, २६.५ मा अभिषेक तिवारी र २६.६ मा राहुलमन्डललाई आउट गरे । २८.४ ओभरमा विशाललाई आउट गर्दै कुशलले आफ्नो चौथो विकेट लिए । ३२.२ ओभरमा अफ्रुदिन रेनलाई ३ रनमा आउट गरे ।
गुल्शन झाले भने ३ विकेट लिए । उनले ११ ओभरमा रन खर्चेर ३ विकेट लिए । सो क्रममा उनले २ मेडन फाले ।
उनले ३.१ ओभरमा निरज यादवलाई १ रनमा आउट गरे । १३.१ ओभरमा गुल्शनले साहिल पटेललाई ४ रनमा आउट गरे । २९.४ ओभरमा रुपेश सिंहलाई ८ रनमा आउट गरे ।
कप्तान ललित राजवंशीले भने २ विकेट लिए । उनले १३ ओभरमा २४ रन खर्चेर २ विकेट लिए ।
आफ्नो पहिलो इनिङ्समा पुलिसले ५९ ओभर खेलेर ४ विकेटको क्षतिमा २५८ रन बनाएको थियो ।