चार नेताको सिन्डिकेटबाट जनता आजित भएका छन्– अध्यक्ष राउत

चार नेताको सिन्डिकेटबाट जनता आजित भएका छन्– अध्यक्ष राउत

सोमवार, पौष २३ २०८०
सोमवार, पौष २३ २०८०
  • चार नेताको सिन्डिकेटबाट जनता आजित भएका छन्– अध्यक्ष राउत

    भक्तपुर । जनमत पार्टीका अध्यक्ष सिके राउतले चार नेताको सिन्डिकेटबाट जनता आजित भएको बताएका छन् । भक्तपुरस्थित रफत सञ्चार क्लबले सोमबार आयोजना गरेको सञ्चार–संवाद कार्यक्रममा बोल्दै राउतले सो कुरा बताएका हुन् । मुलुकमा प्रमुख चार राजनीतिक दलका नेताहरूले राज्यको हरेक अंगमा कब्जा गर्ने उदेश्यले सिन्डिकेट चलाएको आरोप लगाउँदै राउतले त्यस बिरुद्ध संघर्ष गर्ने बेला आएको बताए । 

    यो मुलुकका चारजना नेताहरू एक ठाउँमा बसेपछि जतिसुकै ठुल्ठूला भ्रष्टचारका काण्ड पनि सेलाएर जाने र त्यस्तो स्वेच्छाचारी प्रवृत्तिविरुद्ध जनताले निकास खोज्दा गणतन्त्रभन्दा राजतन्त्र नै राम्रो प्रणाली ठीक हो कि भन्ने नैराश्यपूर्ण धारणाविकास भएको राउतको भनाई थियो । त्यो  सोच्नु एक नैराश्यताबाहेक अरू केही नभएको बताउँदै राउतले जनताका लागि गणतान्त्रिक प्रणालीभन्दा अन्य उन्नत राजनीतिक प्रणाली हुनै नसक्ने दावी गरे ।

    जनता राजनीतिक परिवर्तनका लागि लालायित भएको उल्लेखगर्दै राउतले वर्तमान राजनीतिक, सामाजिक र आर्थिक अव्यवस्थाबाट आजित भइसकेका जनताले यस्तो अवस्थामा सडकबाट परिवर्तन खोज्नु स्वाभाविक भएको बताए ।

    हिजो राष्ट्रियसभा अर्कै प्रयोजनका लागि परिकल्पना गरिएको भएतापनि अहिले राष्ट्रियसभा भनेको जनताले परित्याग गरेका व्यक्तिहरूलाई थन्क्याउँने थलो बनाइएको राउतको भनाई थियो । अध्यक्ष राउतले सत्तागठबन्धनको छलफलमा राष्ट्रियसभामा आफ्नो पार्टीलाई स्थान दिन सिन्डिकेटवादी पार्टीहरूले नमानेपछि जनमत पार्टीले मधेश र लुम्बिनी प्रदेशमा सांकेतिक रूपमा उम्मेदवारी दिएको बताए ।

    उनले भारतीय वि देशमन्त्रीको हालैको नेपाल भ्रमणको चर्चा गर्दै भारतलाई नेपालले  १० हजार मेगावाट बिजुली नियार्त गर्ने सम्झौता छ त्यसबाट जलविद्युतमा लगानी गर्ने नेपाली व्यापारीहरू बजार सुनिश्चितताका कारण उत्साहित हुने अवस्था आएको बताए । अध्यक्ष राउतले भारतीय दूतावासले नेपालका सामाजिक क्षेत्रमा २० करोड रुपैयाँ खर्च गर्न पाउने प्रावधानमा नेपाल सरकारको सहयोग र सहभागिता रहने भएकाले यसलाई विवादको विषय बनाउनुको औचित्य नभएको बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij