स्कुटर दुर्घटनामा श्रीमान्‌को मृत्यु, श्रीमती गम्भीर घाइते

स्कुटर दुर्घटनामा श्रीमान्‌को मृत्यु, श्रीमती गम्भीर घाइते

शुक्रवार, पौष १९ २०८१
शुक्रवार, पौष १९ २०८१
  • स्कुटर दुर्घटनामा श्रीमान्‌को मृत्यु, श्रीमती गम्भीर घाइते

    भक्तपुर ।  मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीमा एक स्कुटर दुर्घटना हुँदा शुक्रबार श्रीमान्‌को मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते भएका छन् ।

    सानोठिमीबाट मगरगाँउतर्फ जाँदै गरेको बा.प्र. ०२–०२८ प. ६६१० नं को स्कुटर आफैं अनियन्त्रित भई दुर्घटना हुँदा सानोठिमी धुञ्चेपाखा बस्ने ३१ वर्षीय स्कुटर चालक निश्चल प्रकाशराज भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

    दुर्घटनामा घाइते भएकी स्कुटरमा पछाडि सवार मृतक भण्डारीको श्रीमती २८ वर्षीया पूजा श्रेष्ठको नर्भिक अस्पताल काठमाडौँमा उपचार भइरहेको छ । मृतकको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं लगिएको र सवारीसाधन प्रहरी प्रभाग सानोठिमी भक्तपुरको नियन्त्रणमा राखेर घटनाबारे अनुसन्धान सुरु गरेको जनाइएको छ । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij