भक्तपुरमा पहिलो पटक जिल्ला स्तरीय शिन क्योकुशिन फुलकन्ट्याक्ट कराँते प्रतियोगिता

भक्तपुरमा पहिलो पटक जिल्ला स्तरीय शिन क्योकुशिन फुलकन्ट्याक्ट कराँते प्रतियोगिता

मंगलवार, फाल्गुण १५ २०८०
मंगलवार, फाल्गुण १५ २०८०
  • भक्तपुरमा पहिलो पटक जिल्ला स्तरीय शिन क्योकुशिन फुलकन्ट्याक्ट कराँते प्रतियोगिता

    भक्तपुर । भक्तपुरमा पहिलो पटक जिल्ला स्तरीय शिन क्योकुशिन फुलकन्ट्याक्ट कराँते प्रतियोगिताका आयोजना गरिएको छ । जिल्ला खेलकुद विकास समिति भक्तपुरको आयोजनामा मध्यपुर थिमिको कराँते एकेडेमीमा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा महिला र पुरुषको ३/३ तौल समूह गरी कुल ६ स्वर्ण पदकका लागि ६८ खेलाडीले प्रतिष्पर्धा गरेका थिए ।

    जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक थापका अनुसार, प्रतियोगिताको महिला ४० केजी मुनी तौल समूहमा दक्षिणा घलानले स्वर्ण, शोभा राईले रजत र मनिषा थापामगर एवम् विनिसा तामाङले काँस्य पदक जित्न सफल भए । त्यसैगरी महिला ४५ केजी मुनीको तौल समूहमा आशा स्याङतेनले स्वर्ण, अरुणिमा तामाङले रजत र भूमिका सुनुवार तथा अञ्जना लामाले काँस्य पदक जिते ।

    download (3).jpg

    महिला ५० केजी मुनी तौल समूहमा सरु थापामगरले स्वर्ण, कृष्टी तामाङले रजत, जेनिशा तामाङ र आशिका तामाङले काँस्य पदक जित्न सफल भए ।यसैगरी पुरुष ४५ केजी मुनी तौल समूहमा जगत प्रजाले स्वर्ण, प्रेम राइका मगरले रजत, दिप्सन सिवाकोटी र सुशान्त तामाङले काँस्य पदक जिते । पुरुष ५० केजी मुनी तौल समूहमा बसन्त सारु मगरले स्वर्ण, सुदान तामाङले रजत, अनोज तामाङ र किशोर तामाङले काँस्य पदक हात पारे । 


    पुरुष ५५ केजी मुनी तौल समूहमा सागर तामाङले स्वर्ण, शक्ति तामाङले रजत, मुखिया लामा र विष्णु स्याङताङले काँस्य पदक हात पारे । प्रतियोगिताका विजयी खेलाडीलाई पुर्वमन्त्री महेश बस्नेत, बागमती प्रदेशका सांसाद किरण थापा, समितिका अध्यक्ष थापाले नगद पुरस्कार, शिल्ड र पदक बितरण गरेका थिए । प्रतियोगिताको उद्घाटन गर्दै सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले खेलले अनुुसाशन सिकाउने भएकाले खेलाडीले खेलको नियम र अनुशासनमा रहेर खेल्नुपर्ने बताए । 

    download (5).jpg

    कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष एवम् नेपाल जिम्यानिष्टक संघका केन्द्रीय सचिव वचन देउजा, मध्यपुर थिमि नगरपालिकाका पुर्व नगरप्रमुख मदनसुन्दर श्रेष्ठ, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापति, प्याव्सन भक्तपुरका अध्यक्ष सुरेन्द्र श्रेष्ठले शéकामना मन्तव्य राखेका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij