भक्तपुरका विभिन्न स्थानमा आज १० घन्टा विद्युत अवरूद्ध हुने

भक्तपुरका विभिन्न स्थानमा आज १० घन्टा विद्युत अवरूद्ध हुने

सोमवार, पौष १५ २०८१
सोमवार, पौष १५ २०८१
  • भक्तपुरका विभिन्न स्थानमा आज १० घन्टा विद्युत अवरूद्ध हुने

    भक्तपुर । भक्तपुरका विभिन्न स्थानमा सोमबार १० घन्टा विद्युत अवरूद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले सूचना जारी गर्दै थिमी वितरण केन्द्रको सल्लाघारी फिडर अन्तर्गत पर्ने विभिन्न स्थानहरूमा सोमबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरूद्ध हुने जानकारी दिएको हो ।

    प्राधिकरणका अनुसार कौशलटार चोक हुँदै बालकोट मेरीगोल्ड स्कुल क्षेत्र, दुर्गा मन्दिर, रेडक्रस, बृहस्पतिचोक, बालकोट चोक, धारापाती, गोदावरी खोला, महेन्द्र शान्ति स्कुल, फोर्सपार्क लगायतका क्षेत्रमा १० घन्टा विद्युत अवरूद्ध हुनेछ ।

    ती क्षेत्रमा जीर्ण कन्डक्टर बदली गर्नका लागि फिडर सटडाउन गर्नुपर्ने भएकाले विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।

    निर्धारित काम तोकिएको समयअघि नै सम्पन्न भए विद्युत सेवा ५ बजेअघि नै सुरू हुने प्राधिकरणले जनाएको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij