भक्तपुर । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ओखलढुङ्गा चम्पादेवी गाउँपालिका-२ घर भई भक्तपुर कमलबिनायक बस्ने २६ वर्षीय टेक बहादुर माझीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । माझीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।