डिपेन्डेन्ट भिसामा विभिन्न देशमा लैजान्छु भनी ठगी गर्ने भक्तपुरका एक व्यक्ति पक्राउ

डिपेन्डेन्ट भिसामा विभिन्न देशमा लैजान्छु भनी ठगी गर्ने भक्तपुरका एक व्यक्ति पक्राउ

आइतवार, पौष १४ २०८१
आइतवार, पौष १४ २०८१
  • डिपेन्डेन्ट भिसामा विभिन्न देशमा लैजान्छु भनी ठगी गर्ने भक्तपुरका एक व्यक्ति पक्राउ

    काठमाडौं । डिपेन्डेन्ट भिसामा युवतीहरूलाई कोरिया लगायतका देशमा लैजान्छु भनी ठगी गर्ने रामेछाप दोरम्बा गाउँपालिका-६ घर भई भक्तपुर चाँगुनारायण नगरपालिका-८ बस्ने ३५ वर्षीय साजन मगर भन्ने होम बहादुर मगरलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

    मगरले सामाजिक सञ्जाल फेसबुक र ह्वाट्स एपका माध्यमबाट साथी बनी कोरिया लगायतका देशमा डिपेन्डेन्ट भिसामा लैजाने भन्दै विश्वास तथा प्रलोभनमा पारी २ जना पीडितहरूलाई २१ लाख रूपैयाँ रकम जम्मा गर्न लगाए पश्चात सम्पर्कबिहीन भई ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३ बाँसबारीबाट पक्राउ गरेको हो ।

    उनलाई ठगी सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij