जमिन मुनिबाट सुन निकालिदिन्छु भन्दै २ करोड ठगी गर्ने पक्राउ

जमिन मुनिबाट सुन निकालिदिन्छु भन्दै २ करोड ठगी गर्ने पक्राउ

सोमवार, पौष ८ २०८१
सोमवार, पौष ८ २०८१
  • जमिन मुनिबाट सुन निकालिदिन्छु भन्दै २ करोड ठगी गर्ने पक्राउ

    काठमाडौं ।  जमिन मुनिबाट सुन निकालिदिन्छु भन्दै दुई करोड रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत उत्तरप्रदेश बलरामपुर सिहपुरी बस्ने ४२ वर्षीय सदाबुद्दिन हलवाई छन् । उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

    हलवाईले नेपालगंज उपमहानगरपालिका–१९ स्थित मोहनपुर ईट्टाभट्टा रहेको जमिनभित्र सुन रहेको र उक्त सुन निकालिदिन्छु भन्दै पीडितबाट पटक पटक गरी २ करोड रूपैयाँ ठगी गरेको आरोप छ ।

    पीडितको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई नेपालगंज उपमहानगरपालिका–४ बसपार्कबाट पक्राउ गरेको हो ।

    उनी उपर जिल्ला अदालत बाँकेबाट ४ दिन म्याद थप अनुमती लिई प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij