भक्तपुरमा बाबु–छोरा कोठामै मृत फेला, एक छोरा बेपत्ता

भक्तपुरमा बाबु–छोरा कोठामै मृत फेला, एक छोरा बेपत्ता

सोमवार, पौष ८ २०८१
सोमवार, पौष ८ २०८१
  • भक्तपुरमा बाबु–छोरा कोठामै मृत फेला, एक छोरा बेपत्ता

    काठमाडौं । भक्तपुरको बालकोटस्थित आफ्नै कोठामा बाबु–छोरा मृत फेला परेका छन् । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका स्थायी घर भई भक्तपुरको बालकोट बस्दै आएका ५६ वर्षका कुलप्रसाद आचार्य र छोरा २२ वर्षका प्रवीण आचार्य मृत भेटिएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार उनीहरूको शरीरका विभिन्न ठाउँमा चोट रहेको छ ।

    कोठामा सँगै बसेका कुलप्रसादका जेठा छोरा बेपत्ता छन् । उनको खोजी भइरहेको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, भक्तपुरले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij