भक्तपुरमा युवकमाथि कुटपिट गरेको आरोपमा ६ जना पक्राउ

भक्तपुरमा युवकमाथि कुटपिट गरेको आरोपमा ६ जना पक्राउ

मंगलवार, पौष २ २०८१
मंगलवार, पौष २ २०८१
  • भक्तपुरमा युवकमाथि कुटपिट गरेको आरोपमा ६ जना पक्राउ

    भक्तपुर । भक्तपुरमा एक युवकलाई कुटपिट गरी घाइते बनाएको आरोपमा ६ जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका- ६ खरिपाटीका १८ वर्षीय समीर नेपाली, भक्तपुर नगरपालिका- १० कमलपोखरीका १८ वर्षीय आशिख सिजखो, बाराको सिंगोल घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका- ६ खरिपाटी बस्ने १८ वर्षीय सुमन तामाङ, सिन्धुलीको मरिण गाउँपालिका- २ घर भई चाँगुनारायण नगरपालिका- ७ खरिपाटी बस्ने १८ वर्षीय अशोक तामाङ, काभ्रेपलान्चोकको पाँचखाल घर भइ चाँगुनारायण नगरपालिका- ५ छालिङ बस्ने १६ वर्षीय साजन तामाङ र काभ्रेपलान्चोकको पाँचखाल घर भइ हाल चाँगुनारायण नगरपालिका- ५ छालिङ बस्ने १६ वर्षीय सञ्जीव तामाङ रहेका छन् ।

    उनीहरूले भक्तपुर नगरपालिका- १० कमलपोखरीस्थित पाटीमा बसिरहेका एक जना पुरुषलाई कुटपिट गरी घाइते बनाएको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यका अनुसार उनीहरूले गत मंसिर ३० गते सूर्यविनायक नगरपालिका- १० चित्तापोल बस्ने २७ वर्षीय रन्जीत कार्कीलाई कुटपिट र इँटा प्रहार गरी घाइते बनाएका थिए । 

    उनीहरूलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि प्रहरी वृत्त जगाती भक्तपुर पठाइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij