गाजामा इजरायलले गरेको हवाई आक्रमणमा मेयरसहित २२ जनाको मृत्यु

गाजामा इजरायलले गरेको हवाई आक्रमणमा मेयरसहित २२ जनाको मृत्यु

आइतवार, मंसिर ३० २०८१
आइतवार, मंसिर ३० २०८१
  • गाजामा इजरायलले गरेको हवाई आक्रमणमा मेयरसहित २२ जनाको मृत्यु

    काठमाडौं । इजरायलले गाजामा फेरि अर्को हवाई आक्रमण गरेको छ । उक्त आक्रमणमा परी मेयरसहित कम्तिमा २२ प्यालेस्टिनीको मृत्यु भएको हो। इजरायल डिफेन्स फोर्सेज (आईडीएफ) र हमासका दुवैले यसको पुष्टि गरेका छन् ।

    मृत्यु हुनेमा दीर अल बलाह शहरका मेयरसहितका व्यक्तिहरु छन् । यो शहरमा मात्रै १३ जनाको मृत्यु भएको छ । यसैगरी एक स्कुलमा महिला र शिशुसहित सात जनाको मृत्यु भएको छ । इजरायलका अनुसार त्यो स्कुललाई हमासले आफ्नो आधार इलाकाको रुपमा प्रयोग गर्दै आएको थियो । त्यसैले त्यहाँ आक्रमण गरेको इजरायली सेनाको दाबी छ । तर इजरायलको यस्तो दाबीमा हमासले खण्डन गर्दै आएको छ ।

    अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानले गाजा क्षेत्रमा युद्धविराम सम्झौता हुने विश्वास व्यक्त गरिरहेका बेला इजरायलको यो पछिल्लो आक्रमण भएको हो ।

    गत वर्ष अक्टुबरमा हमासले इजरायलमा आक्रमण गर्दा १० नेपालीसहित १ हजार २०० जना इजरायलीको मृत्यु भएको थियो । त्यसपछि इजरायलले हमासलाई निमिट्यान्न पार्ने भन्दै युद्ध घोषणा गरेको थियो । त्यसयता इजरायलले गरेको आक्रमणमा ४४ हजारभन्दा धेरैको मृत्यु भएको हमासले सन्चालन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij