भक्तपुर । भक्तपुरमा मोटरसाइकलको ठक्करबाट बृद्वको मृत्युु भएको छ । अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक नगरपालिका. १० नलिन्चोक जोरपाटीमा शनिवारराती मोटरसाइकलले पैदलयात्रु बृद्वलाई ठक्कर दिएको थियो ।
प्रहरीका अनुसार, भक्तपुरको जगातीबाट साँगातर्फ जाँदै गरेको बा.४६ प.११२७ नं. को मोटरसाईकलले रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका-४ घर भई नलिन्चोक बस्ने ७० वर्षीय निम बहादुर मगरलाई ठक्कर दिँएको थियो ।
गम्भिर घाईते भई उपचारको लागि मध्यपुर अस्पताल ठिमी लगिका मगरको उपचारकै क्रममा रातीनै मृत्यु भएको प्रहरी परिसर भक्तपुरले जनाएको छ । मोटरसाईकल र चालक काभ्रे जिल्ला बनेपा नगरपालिका-६ का जितेन्द्र श्रेष्ठलाई प्रहरी वृत जगातीको नियन्त्रणमा लिई घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जनाइएको छ ।