काठमाडौँ । भक्तपुरस्थिर मध्यपुर ठिमीमा रोकी राखेको मोटरसाइकलमा आगलागी भएको छ । मध्यपुर ठिमी नगरपालिका–६ भीमसेन चोकस्थित सडक छेउमा पार्किङ गरी राखेको बा.८३ प २५२८ नम्बरको मोटरसाइकलमा गएराति आगलागी भएको हो ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
त्यस्तै, पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ नर्कटेस्थित सडकमा पार्किङ गरी राखेको को।२ प २१८४ नम्बरको मोटरसाइकलमा शनिबार दिउँसो आगलागी हुँदा मोटरसाइकल पूर्णरूपमा जलेर नष्ट भएको छ ।