डोलेश्वर मन्दिरमा निःशुल्क मधुमेह तथा आँखा जाँच शिविर

डोलेश्वर मन्दिरमा निःशुल्क मधुमेह तथा आँखा जाँच शिविर

शनिवार, फाल्गुण १२ २०८०
शनिवार, फाल्गुण १२ २०८०
  • डोलेश्वर मन्दिरमा निःशुल्क मधुमेह तथा आँखा जाँच शिविर

    भक्तपुर । केदारनाथको शिर डोलेश्वर मन्दिरमा निःशुल्क आँखा जाँच शिविर एवं औषधी र चस्मा बितरण कार्यक्रमको आयोजना गरिएको छ । सुर्यविनायक नगरपालिका वडा नं. ८ ले आयोजना गरेको कार्यक्रमको शुभारम्भ बागमति प्रदेश सांसद किरण थापाले गरेका थिए ।

    1.jpg

    उद्घाटन समारोहलाई सम्बोधनगर्दै सांसद थापाले उमेर ढल्कंदै जाँदा आँखा तथा मधुमेह रोगको जोखिम बढेदै जाने मध्यनजरगर्दै सर्वसाधारणलाई स्थानीय स्तरमै निःशुल्क सेवा दिने उदेश्यले शिविरको आयोजना गरिएको बताए । किवानिज क्लव आफ काठमाडौं सनसाइन तथा सुर्यविनायक युवा क्लवसंगको सहकार्यमा आयोजित शिविरमा दुई सय ७७ जनाले सेवा लिएको वडाध्यक्ष पुष्पराज बस्नेतले बताए ।

    2.jpg

    बस्नेतका अनुसार शिविरमा आँखा जाँच, औषधी तथा चस्मा बितरण गरिएको थियो । त्यसका अलवा मधुमेह रोगको परिक्षण गर्नुका साथै औषधी समेत बितरण गरिएको थियो । ख्वप तिलगंगा आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा ४० वर्ष नाघेकाहरुको आँखा जाँच, औषधी तथा चस्मा बितरण गरिएको थियो । त्यसका अलवा मधुमेह रोगको परिक्षण गरिएको वडाध्यक्ष बस्नेतले बताए । 

    4.jpg

    4.jpg

    5.jpg

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij