भक्तपुरमा १ सय ५१ एचआइभी एड्स सङ्क्रमित, देशभर ३० हजार

भक्तपुरमा १ सय ५१ एचआइभी एड्स सङ्क्रमित, देशभर ३० हजार

सोमवार, मंसिर १७ २०८१
सोमवार, मंसिर १७ २०८१
  • भक्तपुरमा १ सय ५१ एचआइभी एड्स सङ्क्रमित, देशभर ३० हजार

    भक्तपुर । भक्तपुरमा १ सय ५१ एचआइभी सङ्क्रमित रहेका छन् । ३७औँ विश्व एड्स दिवसका अवसरमा जनस्वास्थ्य कार्यालय भक्तपुरले मध्यपुरथिमिस्थित राधेराधेमा आयोजित दीप प्रज्वलन कार्यक्रममा कार्यालय प्रमुख शान्तिराम खतिवडाले यहाँ एक सय ५१ एचआइभी सङ्क्रमित उपचाररत रहेको बताए ।

    उनले नेपालमा एचआइभी एड्सको अवस्थाबारे जानकारी गराउँदै सन् २०२३ को अन्तिमसम्म नेपालमा ३० हजार तीन सय व्यक्तिमा एचआइभी सङ्क्रमित रहेको बताए । 

    सन् २०२३ मा नेपालमा चार सय ५७ व्यक्तिमा एचआइभीको नयाँ सङ्क्रमण फेला परेको र यो सङ्ख्या सन् २००० को तुलनामा ९१ प्रतिशतले घटेको दाबी गरे । सन् २०३० सम्ममा नेपालमा एड्सलाई अन्त्य गर्ने परिकल्पना गरिएको छ । एचआइभी सङ्क्रमण रोकथाम, एचआइभी सङ्क्रमित व्यक्तिहरूको स्वास्थ्यसम्बन्धी परिणामहरूमा सुधार, सङ्क्रमित तथा मुख्य समूहमा एचआइभीसम्बन्धी असमानतामा कमी ल्याउने सरकारको योजना छ । 

    यस्तै, सन् २०१० को अनुपातमा सन् २०२६ सम्ममा एचआइभी सङ्क्रमितमध्ये ९५ प्रतिशतको पहिचान गर्ने, सङ्क्रमण पुष्टि भएका ९५ प्रतिशत व्यक्तिको उपचार गर्ने, एआरटी सेवा लिइरहेका एचआइभी सङ्क्रमितमध्ये ९५ प्रतिशतमा भाइरल लोडको लक्ष्य हासिल गर्ने, नयाँ एचआइभी सङ्क्रमण ९० प्रतिशतले कम गर्ने, आमाबाट बच्चामा सङ्क्रमण उन्मूलन गर्ने लक्ष्य सरकारले राखेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij