भक्तपुरमा लुटपाट गरेकाे आराेपमा ३ जना पक्राउ

भक्तपुरमा लुटपाट गरेकाे आराेपमा ३ जना पक्राउ

बिहिवार, मंसिर १३ २०८१
बिहिवार, मंसिर १३ २०८१
  • भक्तपुरमा लुटपाट गरेकाे आराेपमा ३ जना पक्राउ

    भक्तपुर । लुटपाट गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका-६ सिद्धिकाली डेरा गरी बस्ने रामेछाप दोरम्बा गाउँपालिका- ७ घर भएका २७ वर्षीय चेत बहादुर विक, २५ वर्षीया सानु कोईराला विक र दोलखा जिरी घर बताउने १९ वर्षीया माया भन्ने सविता कोईराला विक रहेका छन् ।

    काभ्रेपलाञ्चोक पनौती नगरपालिका-३ घर भई भक्तपुर नगरपालिका-२ महाकाली कुनाटोल डेरा गरी बस्ने ५५ वर्षीया महिलालाई अपरिचित समुहले खाजा खान लैजाने प्रलोभन देखाई सोमबार दिउँसो होटलमा लगी अत्याधिक मादक पदार्थ सेवन गराई अर्धचेत अवस्थामा भक्तपुर नगरपालिका-६ स्थित कार्साङ कुसुन खोलाको छेउमा लगी सुनको गरगहना तथा मोबाइल समेत लुटपाट गरेको भन्ने खबर प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय भक्तपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई भक्तपुर सिद्धिकालीबाट पक्राउ गरेको हो ।

    साथै थप अनुसन्धानको क्रममा लुटपाट गरिएको सुन खरिद गरी स्वरूप परिवर्तन गर्ने कार्यमा संलग्न भक्तपुर मध्यपुर ठिमी नगरपालिका-६ बाखा बजारस्थित अमनी सुनचाँदी ज्वेलर्सका सञ्चालक नुवाकोट सूर्यगढी गाउँपालिका-५ घर भएका ४४ वर्षीय राजिन सुनारलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij