उपप्रधानमन्त्री सिंहद्वारा नेपाल- कोरिया मैत्री नगरपालिका अस्पताल भवनको शिलान्यास

उपप्रधानमन्त्री सिंहद्वारा नेपाल- कोरिया मैत्री नगरपालिका अस्पताल भवनको शिलान्यास

सोमवार, मंसिर १० २०८१
सोमवार, मंसिर १० २०८१
  • उपप्रधानमन्त्री सिंहद्वारा नेपाल- कोरिया मैत्री नगरपालिका अस्पताल भवनको शिलान्यास

    भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको सुविधा सम्पन्न नयाँ भवन निर्माण हुने भएको छ । नयाँ भवन निर्माणको सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रमकाबीच उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले शिलान्यास गरेका हुन् ।

    सो क्रममा सिंहले स्वास्थ्य सेवा विस्तार गर्नका लागि निर्माण हुन लागेको नयाँ भवनमा समयमा नै सम्पन्न गर्नुपर्ने बताए । उनले रोग लागिसकेपछि थप मानसिक पीडा समेत हुने भएकाले रोग लाग्नुअघि नै सजक हुनुपर्ने धारणा राखे ।

    सिंहले अस्पतालमा सञ्चालन हुने सेवाको माध्यमबाट नेपाल र कोरियाबीचको सम्बन्धलाई अझ अगाडि बढाउने र नागरिकले पनि सहज रुपमा सेवा पाउने विश्वास व्यक्त गरे । त्यस्तै मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरवासीलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन नयाँ भवन निर्माण गर्न लागेको जानकारी दिए ।

    उनले वार्षिक रुपमा १ लाखलाई सेवा प्रदान गर्दै आएकोमा गत वर्ष करिब दुई लाखलाई उपचार सेवा उपलब्ध गराएको बताए । त्यस्तै अन्य विभिन्न अस्पतालसँग पनि सहकार्य गर्दै सेवा प्रभाव हुँदै आएको उनले बताए ।

    दक्षिण कोरियाको १ अर्ब २८ करोडको सहयोगमा सुविधासम्पन्न नयाँ भवन निर्माण हुन लागेको नगरपालिकाले जनाएको छ । भवन दुई वर्षमा सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij