एमईएम इन्टरटेन्मेन्टले मंसिर २२ गते 'रकमेनिया लाउडेस्ट इभेन्ट इन भक्तपुर' आयोजना गर्ने

एमईएम इन्टरटेन्मेन्टले मंसिर २२ गते 'रकमेनिया लाउडेस्ट इभेन्ट इन भक्तपुर' आयोजना गर्ने

सोमवार, मंसिर १० २०८१
सोमवार, मंसिर १० २०८१
  • एमईएम इन्टरटेन्मेन्टले मंसिर २२ गते 'रकमेनिया लाउडेस्ट इभेन्ट इन भक्तपुर' आयोजना गर्ने

    भक्तपुर । यही मंसिर २२ गते भक्तपुरको सल्लाघारी चौरमा रकमेनिया लाउडेस्ट इभेन्ट इन भक्तपुर आयोजना हुने भएको छ । शनिबार एम ई एम इन्टरटेन्मेन्टले पत्रकार सम्मेलन आयोजना गर्दै इभेन्टका रेमा जानकारी गराएका हुन् । 

    करिब ३५ लाख लगानीमा हुन लागेको यस कन्सर्टमा मुख्य व्यान्ड मन्त्र व्यान्ड जुन दार्जिलिङ्गबाट आउँदै छन् भने काठमाडौंबाट एमटियटयटफोयट र भक्तपुरबाट द सर्माैन नेपाल रहेको इभेन्ट आयोजक रोजिन मिश्रले जानकारी दिए । त्यस्तै लोकल व्यान्डमा इको ब्लुम, चक्रभिउ, द आइकोन व्यान्ड, डिभाइन सोल र जेन्सिस व्यान्ड रहेको पनि उनले जानकारी दिए । विगत लामो समयदेखि इभेन्टको आयोजना गर्दै हालसम्म १२ वटा इभेन्टपश्चात यो लाउडेस्ट इभेन्ट गर्ने निर्णय भएको आयोजक मिश्रले बताए । 

    सम्मेलनमा एम ई एम इन्टरटेन्मेन्टका फाउण्डर लोकसाङ लामाले रकमेनिया लाउडेस्ड इभेन्टले यस इन्टरटेन्मेन्टको रक व्यान्ड कन्सर्ट गर्ने सपना पूरा भएकोमा हर्ष व्यक्त गरे । ५ हजार भन्दा बढीको सहभागिता रहने अपेक्षा गरिएको कन्सर्टमा नेपालको रक इन्डस्ट्रिजलाई अझ उच्चस्तरमा लैजाने र जति पनि प्ल्याटफम नपाएका लोकल तथा नयाँ व्यान्डहरुलाई प्रमोट गर्ने उद्देश्य रहेको उनले बताए । 

    सम्मेलनमा आयोजकले कन्सर्टबाट भएको आम्दानीको २० प्रतिशत क्यान्सर पिडित तामाङ इन्डस्ट्रिकी गायिका इन्दिरा गोले गुरुङ्गलाई सहयोग गर्ने निर्णय भएको बताए । 

    सम्मेलनमा इभेन्टका पार्टनरस् हिलसाइड बिन्स बरिस्ता कफी स्कूलका संचालक सरोज ढकाल, स्टारडस्ट इभेन्टका फाउण्डर मिकेश कार्की, डापरल्याडका फाउण्डर बिजेस जोशी, प्रोजेक्ट हेडस् मनिस घिमिरेले भक्तपुरको टुरिजम क्षेत्रलाई लक्ष्य बनाएर ‘भक्तपुरमा पनि यस्ता इभेन्ट हुँदोरहेछ है’ भन्ने दर्शकमाझ मुनाफा कमाउने हिसाबले हैन कि एउटा रक व्यान्ड चिनाउने उद्देश्यले यो कन्सर्ट हुन लागेको जानकारी दिए । इभेन्टका टिकेट पार्टनर टिकेट संजालका संचालक अंकित पाण्डेले यस कन्सर्टको बारेमा र अनलाइन टिकट बुक गर्न www.ticketsanjal.com मार्फत थाहा पाउन सक्ने पनि जानकारी दिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij