भक्तपुरमा करेण्ट सर्ट हुंदा एक जनाको मृत्यू

भक्तपुरमा करेण्ट सर्ट हुंदा एक जनाको मृत्यू

बुधवार, फाल्गुण ९ २०८०
बुधवार, फाल्गुण ९ २०८०
  • भक्तपुरमा करेण्ट सर्ट हुंदा एक जनाको मृत्यू

    भक्तपुर । भक्तपुरमा करेण्ट लागेर एक जनाको मृत्यू भएको छ । बुधवार करिव तीन बजेको समयमा भक्तपुर नगरपालिका–२ कालिघाटस्थित खोलाबाट खेतमा पानी तान्ने क्रममा करेन्ट सर्ट भई सोहि स्थान बस्ने वर्ष ६६ को गणेशमान गोरेलाईको मृत्यु भएको हो ।

    करेन्ट लागि गम्भिर घाईते भएका गोरेलाई उपचारका लागि भक्तपुर अस्पताल लगेकोमा आधा घण्टापछि मृत्यु भएको प्रहरीले जनाएको छ। घटनास्थलमा जिल्ला प्रहरी परिसर
    भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोलि खटिई अनुसन्धान भईरहेको सूचना अधिकारी बसन्त पाठकले बताए । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij