काठमाडौं । गण्डकी प्रदेश सरकारको वन तथा वातावरणमा भेषबहादुर पौडेल मन्त्री भएका छन् । अधिकार कम हुने भन्दै तत्कालीन मन्त्री राजीव गुरुङ (दिपक मनाङे) ले राजीनामा दिएपछि पौडेल नियुक्त भएका हुन् ।
उनी नेपाली कांग्रेसमा शेखर कोइराला निकट हुन् । सोमबार साढे ४ बजे उनले पद तथा गोपनीयताको शपथ लिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
गत भदौ १७ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्दा तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री दीपक मनाङेलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका थिए ।
तर, त्यसमा असन्तुष्टि जनाउँदै मनाङेले राजीनामा दिएका थिए ।