६ महिनामा स्वदेश फर्किए ७ लाख ४० हजार अफगान शरणार्थी

६ महिनामा स्वदेश फर्किए ७ लाख ४० हजार अफगान शरणार्थी

मंगलवार, आश्विन २९ २०८१
मंगलवार, आश्विन २९ २०८१
  • ६ महिनामा स्वदेश फर्किए ७ लाख ४० हजार अफगान शरणार्थी

    काठमाडौं । शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयका प्रवक्ता अब्दुल मुतालिब हक्कानीले विगत ६ महिनामा करिव ७ लाख ४० हजार अफगान शरणार्थी आफ्नो मातृभूमि अफगानिस्तान फर्किएका बताएका छन् ।

    अफगानिस्तानको सरकारी रेडियो र टेलिभिजनले गत ६ महिनामा छिमेकी देशहरूबाट झन्डै ७ लाख ४० हजार अफगान शरणार्थीहरू घर फर्किएका बताएका हुन् । करिव ६ लाख ५० हजार शरणार्थीहरू इरानबाट फर्केका छन् ।

    ८० हजार पाकिस्तानबाट र बाँकी १० हजार टर्किएबाट घर फर्केका छन् । गत वर्ष झन्डै २० लाख अफगान शरणार्थी स्वदेश फर्किएका छन् । करिव ७० लाख अफगान शरणार्थीहरू अझै पनि विदेशमा छन् । जसमध्ये अधिकांश छिमेकी पाकिस्तान र इरानमा छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij