सुनचाँदी धितोमा अब ५० लाख रूपैयाँसम्म मात्रै कर्जा

सुनचाँदी धितोमा अब ५० लाख रूपैयाँसम्म मात्रै कर्जा

बुधवार, आश्विन २३ २०८१
बुधवार, आश्विन २३ २०८१
  • सुनचाँदी धितोमा अब ५० लाख रूपैयाँसम्म मात्रै कर्जा

    काठमाडौं । सुनचाँदी धितो राखेर अधिकतम ५० लाख रुपैयाँसम्म मात्रै कर्जा पाइने भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार बैंक वित्तीय संस्थाहरुका लागि एकीकृत परिपत्र जारी गर्दै सुनचाँदी धितो कर्जाको एकल ग्राहक कर्जा सीमा ५० लाख कायम गरेको हो ।

    तर, यसअघि नै प्रवाह भएको सुनचाँदी धितो कर्जाको हकमा भने केन्द्रीय बैंकले २०८३ असार मसान्तसम्म एकल ग्राहक कर्जा सीमा कायम गरी सक्नुपर्ने व्यवस्था गरेको छ । हालसम्म यस्तो सीमा तोकिएको थिएन।

    कुनै व्यक्तिलाई सुनचाँदी धितो कर्जा प्रवाह गर्दा त्यस्तो ऋणीले धितोस्वरुप दिएको सुन वा चाँदी जाँच गरी कर्जा सुरक्षित रहेको एकिन गरेर मात्र कर्जा प्रवाह गर्नु पर्नेछ । कर्जा प्रवाह गर्दा ऋणीले धितोस्वरुप दिएको सुन वा चाँदी एउटै थैलीमा राखिएको हुनुपर्नेछ ।

    त्यस्तै, अब चुक्ता पुँजीको ०.५ प्रतिशत भन्दा बढी सेयर लिएका संस्थापक समूहका सेयरधनी वा चुक्ता पुँजीको एक प्रतिशतभन्दा बढी सेयर लिएका सेयरधनी तथा तिनका परिवारका सदस्य र कर्मचारीले कर्जा तथा गैरकोषमा आधारित सुविधा नपाउने भएका छन्।

    हालसम्म संस्थापक समूहका सेयरधनीले यस्तो सुविधा नै लिन पाउँदैन थिए। अब ०.५ प्रतिशतभन्दा कम सेयर भएका संस्थापक सेयरधनीले यस्तो सुविधा लिन पाउने भएका छन्।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij