काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । मंगलबार छापावाला सुनको मूल्य १ लाख ६० हजार १ सय रुपैयाँ कायम भएको छ ।
सोमबार प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ४ सय रुपैयाँले घटेर १ लाख ६० हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, चाँदी प्रतितोला १ हजार ९ सय ४० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।