पुनः रोकियो धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया

पुनः रोकियो धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया

शुक्रवार, आश्विन १८ २०८१
शुक्रवार, आश्विन १८ २०८१
  • पुनः रोकियो धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया

    काठमाडौं । धितोपत्र बोर्डको नयाँ अध्यक्षका लागि शुक्रबार निर्धारित अन्तर्वार्ता स्थगित भएको छ । यसअघि बोलाइएका तीनैजना अनुपस्थित हुँदा रोकिएको अन्तर्वार्ता उनीहरूसहित राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारी पनि अनुपस्थित हुँदा फेरि स्थगित भएको हो ।

    छनौट समितिका अध्यक्षसमेत रहेका अधिकारी अर्थमन्त्रालयमा तोकिएको अन्वार्तास्थलमा अनुपस्थित भए ।

    त्यसैगरी अन्तर्वार्ताका लागि सर्टलिस्टमा रहेका तीनैजना उम्मेदवार पनि शुक्रबार अर्थमन्त्रालय पुगेनन् । त्यसपछि दोस्रो पटकको अन्तर्वार्ता तालिकामा पनि स्थगित भएको हो ।

    अन्तर्वार्ताका लागि बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं र नेप्सेका सीईओ कृष्णबहादुर कार्की सर्टलिस्टमा थिए ।

    उनीहरू तीनैजनाले शुक्रबार अर्थमन्त्रालयमा अन्तर्वार्ता र कार्ययोजना प्रस्तुति गर्ने तालिका थियो । तर छनौट समितिका अध्यक्ष अधिकारी नै अनुपस्थित रहेपछि उम्मेदवारहरू पनि सहभागी नहुँदा दोस्रो पटक अन्तर्वार्ता रोकिएको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij