काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । सोमबार छापावाला सुनको मूल्य १ लाख ६० हजार ५ सय रुपैयाँ कायम भएको छ ।
आइतबार प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ सय रुपैयाँले घटेर १ लाख ६० हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार पनि सुनको मुल्य प्रतितोला ६ सय रुपैयाँले घटेको थियो ।
त्यस्तै, चाँदी प्रतितोला १ हजार ९ सय ४० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।