निरन्तर नयाँ रेकर्ड बनाउँदै सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

निरन्तर नयाँ रेकर्ड बनाउँदै सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

शुक्रवार, आश्विन ११ २०८१
शुक्रवार, आश्विन ११ २०८१
  • निरन्तर नयाँ रेकर्ड बनाउँदै सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । विहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार २ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो भाउ हालसम्मकै उच्च हो । सुनको मूल्यले निरन्तर रेकर्ड बनाउन थालेको आज छैटौं दिन हो ।

    विहीबार प्रतितोला  १ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६१ हजार २ सय रुपैयाँमा कायम भएको छ । 

    आईतबारदेखि सुनको मूल्यले निरन्तर रेकर्ड बनाउदै बढेको हो । आईतबार सुन प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ, सोमबार प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँमा र मंगलबार १ लाख ५९ हजार ७ सय रुपैयाँमा, बुधबार १ लाख ६० हजार ४ सय रुपैयाँमा र विहीबार १ लाख ६० हजार ७ सय रुपैयाँमा कायम भएको थियो । 

    यस दिन चाँदीको मूल्य हालसम्मकै सर्वोच्च उचाईमा पुगेर स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ५५ रुपैयाँमा कायम भएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij