काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । विहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ७ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो भाउ हालसम्मकै उच्च हो । बुधबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो ।
बुधबार प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६० हजार ७ सय रुपैयाँमा कायम भएको छ । यसअघि सुनको उच्च मूल्य १ लाख ६० हजार ४ सय रुपैयाँमा कायम भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ५५ रुपैयाँमा कायम भएको छ ।