सुदूरपश्चिम प्रदेश सभामा प्रतिपक्षद्वारा बजेट भाषण बहिस्कार

सुदूरपश्चिम प्रदेश सभामा प्रतिपक्षद्वारा बजेट भाषण बहिस्कार

सोमवार, भाद्र ३१ २०८१
सोमवार, भाद्र ३१ २०८१
  • सुदूरपश्चिम प्रदेश सभामा प्रतिपक्षद्वारा बजेट भाषण बहिस्कार

    काठमाडौं । संविधान अनुसार बजेट ल्याउन मिल्दैन भन्दै सुदूरपश्चिम प्रदेश सभाको सोमबारको बैठक अवरुद्ध गरेका प्रतिपक्षले बजेट भाषण हुन थालेपछि बैठक नै बहिस्कार गरेका छन् ।

    सरकारले संशोधित बजेट ल्याउन खोजेपछि प्रदेश सभा बैठकमा प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का प्रदेश सभा सदस्यहरूले पहिले नाराबाजी गरेका थिए । २० मिनेटपछि फेरि सुरु भएको बैठकमा बजेट भाषण हुन थालेपछि भने उनीहरूले बैठक बहिस्कार गरेर बैठक कक्ष छोडेका छन् ।

    विपक्षीले प्रदेश सभा बैठक बहिस्कार गरेपछि सरकारका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले बजेट भाषण गरिरहेका थिए ।

    असार १ गते तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारीको सरकारले बजेट ल्याएको थियो तर सङ्घीय सरकारमा परिवर्तन आएपछि सुदूरपश्चिममा पनि सोडारीको सरकारले बजेट पास गराउन सकेको थिएन । बजेट पास नहुँदा दुई महिनादेखि सुदूरपश्चिम बजेट विहीन थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij