विद्युतीय आरोले काटेर मृत्यु

विद्युतीय आरोले काटेर मृत्यु

आइतवार, माघ २८ २०८०
आइतवार, माघ २८ २०८०
  • विद्युतीय आरोले काटेर मृत्यु

    मलेखु । आफैँले चलाएको विद्युतीय आरोले काटेर नीलकण्ठ नगरपालिका–८ साघुटारका ३८ वर्षीय राजकुमार श्रेष्ठको मृत्यु भएको छ । अमरावती सामुदायिक वन गोडमेल गर्ने क्रममा दाउरा काट्न प्रयोग गरिएको विद्युतीय आरो आफ्नै शरिरमा रेटिँदा घाइते भएका श्रेष्ठको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । रुख काट्दा चलाएको आरो उछिट्टिएर श्रेष्ठलाई लागेको प्रत्यक्षदर्शीले बताएका छन् ।

    जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार आराले पेट र छातीको बायाँ भागमा काटिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij