लिग–२ शृंखलाका लागि पाैडेलकाे नेतृत्वमा नेपाली टाेली घोषणा

लिग–२ शृंखलाका लागि पाैडेलकाे नेतृत्वमा नेपाली टाेली घोषणा

मंगलवार, भाद्र २५ २०८१
मंगलवार, भाद्र २५ २०८१
  • लिग–२ शृंखलाका लागि पाैडेलकाे नेतृत्वमा नेपाली टाेली घोषणा

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ का निम्ति नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय नेपाली टिम सार्वजनिक गरेको हो । 

    नेपालले लिगअन्तर्गत क्यानडामा हुने शृंखलामा घरेलु टिम र ओमानसँग त्रिदेशीय शृंखला खेल्ने तालिका छ ।

    शृंखला सेप्टेम्बर १६ देखि सुरु हुनेछ । लिगको पहिलो खेलमा नेपालले क्यानडासँग खेल्नेछ । नेपालले सेप्टेम्बर १८ मा ओमान, २२ मा क्यानाडा र २४ मा ओमानको समाना गर्नेछ ।

    नेपालले पहिलो शृंखला कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलेको थियो । उक्त शृंखलामा नामिबियासँग दुवै खेल हारेको नेपालले नेदरल्यान्ड्ससँग समान एक जित र हारको नतिजा निकालेको थियो ।

    नेपाली टिम :
    रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ सेख, अनिल साह, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सनकुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी, देव खनाल (रिजर्भ)

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij