काठमाडौं । नेपाल तेस्रो अभ्यास खेलमा श्रीलंका डेभलपमेन्टसँग ५ विकेटले पराजित भएको छ । जितका लागि पाएकाे १६० रनको लक्ष्य श्रीलंका डेभलपमेन्टले २६.५ ओभरमा ५ विकेट गुमाएर पुरा गरेकाे हाे ।
खेलमा सोमपाल कामी र गुल्सन झाले २/२ विकेट लिँदा ललित राजवंशीको नाममा एक विकेट रह्यो ।
यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४० ओभरमा १५९ रनमा अल आउट भएको थियो ।
नेपालका लागि कुशल भुर्तेलले ५० बलमा सर्वाधिक ४३ रन बनाए । कुशल मल्लले ५५ बलमा ३५ रन बनाए । आरिफ शेख २०, कार्यवहाक कप्तान सोमपाल कामी २, गुलशन झा ५ रनमा आउट भए । यसैगरी आसिफ शेख डक, अनिल साह ३, सन्दीप जोरा ६ रनमा आउट भए ।
श्रीलंका डेभलपमेन्टका लागि गरुका सन्खेतले चार विकेट लिए ।