बालोन डी’ओरको सूचीमा मेसी र रोनाल्डो परेनन्, को को परे ?

बालोन डी’ओरको सूचीमा मेसी र रोनाल्डो परेनन्, को को परे ?

बिहिवार, भाद्र २० २०८१
बिहिवार, भाद्र २० २०८१
  • बालोन डी’ओरको सूचीमा मेसी र रोनाल्डो परेनन्, को को परे ?

    काठमाडौं । सन् २०२४ बालोन डी’ओर अवार्डका लागि ३० खेलाडी मनोनयनमा पर्दा मेसी र रोनाल्डो छुटेका छन् । यस पटकको मनोनयनमा आठ पटकको बालोन डी’ओर अवार्डका विजेता मेसी र पाँचपटक  अवार्ड जितेका रोनाल्डो मनोनयनमै छुटेका हुुन् । 

    सन् २००३ पछि ३९ वर्षीय रोनाल्डो र ३७ वर्षीय मेसी दुवै सूचीमा लगातार पर्दै आएका थिए। यस पटकको सुुचिमा केलिएन एमबाप्पे, ह्यारी केन, टोनी क्रुस, जुड बेलिङघम, रुबेन डियाज परेका छन् । त्यसैगरी फिल फोडेन, फेडेरिको भलभर्डे, एमिलियानो मार्टिनेज, एर्लिङ हालान्ड, निको विलियम्स, ग्रान्ट जाका, अर्टेम डोभबिक, भिनिसियस जुनियर, डानी ओल्मो मनोनयनमा परेका छन् । 

    मनोनयनमा पर्ने अन्यमा फ्लोरिन विट्ज, मार्टिन ओडेगार्ड, माट्स हुमेल्स, रोड्री, डेक्लान राइस, भितिन्हा, कोल पाल्मर, डानी कार्भाजल, लामिन यामल, बुकायो साका रहेका छन् । त्यस्तै हाकन चाल्हानोग्लु, विलियम सालिवा, लाउटारो मार्टिनेज, एन्टोनियो रुडिगर, अलेजान्द्रद्य ग्रिमाल्डो र एडेमोला लुकमन पनि मनोनयनको सूचीमा अटाएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij