आइसीसी विश्व टेस्ट च्याम्पियनसिप फाइनलको मिति र खेल हुने स्थान तय

आइसीसी विश्व टेस्ट च्याम्पियनसिप फाइनलको मिति र खेल हुने स्थान तय

मंगलवार, भाद्र १८ २०८१
मंगलवार, भाद्र १८ २०८१
  • आइसीसी विश्व टेस्ट च्याम्पियनसिप फाइनलको मिति र खेल हुने स्थान तय

    काठमाडौं । आइसीसीले विश्व टेस्ट च्याम्पियनसिप फाइनलको मिति तय र खेल हुने स्थान तय गरेको छ ।

    आइसीसीले जारी विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल २०२५ को जुन ११ देखि १५ सम्म ईङल्याण्डको लर्ड्स मैदानमा हुने भएको छ । त्यस्तै आवश्यक परेमा जुन १६ लाई रिजर्भ डे को रूपमा प्रयोग गर्न सकिने आइसीसीले जनाएको छ ।

    यस अघि २०२१ र २०२३ मा पनि टेस्ट च्याम्पियनसिपको फाइनल खेल ईङल्याण्डमा नै खेलिएको थियो । २०२१ मा साउथहम्पटनमा र २०२३ मा द ओभल मैदानमा खेलिएको थियो ।

    आइसीसीको टेस्ट च्याम्पियनसिपको फाइनलमा शीर्ष स्थानमा रहेका दुई देश बीच हुने छ । अहिलेसम्म शीर्ष दुई स्थानमा भारत र अस्ट्रेलिया रहेका छन् ।

    टेस्ट च्याम्पियनसिपको पहिलो संस्करण न्यूजील्याण्डले जितेको थियो भने दोस्रो संस्करण अस्ट्रेलियाले जितेको थियो । दुवै संस्करणमा उपविजेता भने भारत रहेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij