गण्डकीका पूर्वाधार मन्त्री मनाङेको वन मन्त्रालयमा सरुवा, अन्य कुन मन्त्रालयकाे जिम्मेवारी कसलाई ?

गण्डकीका पूर्वाधार मन्त्री मनाङेको वन मन्त्रालयमा सरुवा, अन्य कुन मन्त्रालयकाे जिम्मेवारी कसलाई ?

सोमवार, भाद्र १७ २०८१
सोमवार, भाद्र १७ २०८१
  • गण्डकीका पूर्वाधार मन्त्री मनाङेको वन मन्त्रालयमा सरुवा, अन्य कुन मन्त्रालयकाे जिम्मेवारी कसलाई ?

    काठमाडौं । गण्डकी प्रदेशमा नेकपा एमालेले पाउने मन्त्रालय टुंगो लागेको छ । 

    एमालेले कृषि, भूमि व्यवस्था तथा सहकारी, स्वास्थ्य, भौतिक पूर्वाधार विकास तथा यातायात र  उद्योग तथा पर्यटन मन्त्रालय पाएको छ । 

    एमालेकी पद्मा जिसी कृषि, कृष्णप्रसाद पाठक स्वास्थ्य, मित्रलाल बस्याल पर्यटन र प्रकाशबहादुर केसी भौतिक मन्त्री दिने टुंगो लागेको छ । मन्त्रीहरूको शपथ आज दिउँसो २ बजे पर्यटन बोर्ड पोखराको सभाहलमा गर्ने तयारी छ ।  

    हालका भौतिकमन्त्री राजीव गुरुङ (दीपक मनाङे) को मन्त्रालय हेरफेर भएको छ । उनले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् । 

    कांग्रेसका विन्दुकुमार थापा स्वास्थ्य मन्त्रालय टुक्रिएको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयमा यथावत छन् । कांग्रेसका टकराज गुरुङ आर्थिक मामिला मन्त्री र नेसपाका फणीन्द्र देवकोटा पनि ऊर्जा मन्त्रालयमा यथावत छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij