साफ यू–१७ को खेल तालिका सार्वजनिक, नेपालको पहिलो खेल पाकिस्तानसँग

साफ यू–१७ को खेल तालिका सार्वजनिक, नेपालको पहिलो खेल पाकिस्तानसँग

सोमवार, भाद्र १७ २०८१
सोमवार, भाद्र १७ २०८१
  • साफ यू–१७ को खेल तालिका सार्वजनिक, नेपालको पहिलो खेल पाकिस्तानसँग

    काठमाडौं । साफ यू–१७ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ । साफले भुटानमा आयोजना हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।

    तालिकाअनुसार नेपालले आफ्नो पहिलो खेल पाकिस्तानविरुद्ध २१ सेप्टेम्बरमा खेल्ने छ । २३ सेप्टेम्बरमा नेपालले आफ्नो दोस्रो खेल श्रीलंकासँग भिड्ने छ । २५ सेप्टेम्बरमा नेपालले आफ्नो तेस्रो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।
    उद्घाटन खेलमा भने साविक विजेता भारत र बंगलादेश आमनेसामने हुनेछन् ।

    ७ राष्ट्रको सहभागिता भएको प्रतियोगिता सेप्टेम्बर २० देखि ३० सम्म सञ्चालन हुने छ । सहभागी राष्ट्रलाई २ समूहमा विभाजन गरिएको छ ।

    समूह ‘ए’मा भारत, माल्दिभ्स र बंगलादेश छन् भने समूह ‘बी’मा श्रीलंका, नेपाल, पाकिस्तान र भुटान रहेका छन् । हरेक समूहका विजेता तथा उपविजेताले सेप्टेम्बर २८ मा हुने सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको फाइनल भने सेप्टेम्बर ३० मा हुनेछ ।

    प्रतियोगिताका सबै खेलहरु भुटानको थिम्पुस्थित चाङ्लिमिथाङमा खेलाइने छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij