काठमाडौं । देशका विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला परेका छन् । शनिबार काठमाडौंसहित विभिन्न ठाँउमा ६ जना मृत अवस्थामा फेला परेका हुन् ।
काठमाडौं महानगरपालिका–१३ कालिमाटीस्थित कालिमाटी चोक नजिक सडक पेटीमा काठमाडौं चन्द्रागिरी नगरपालिका–१४ घर भएका ५६ वर्षीय बिर सिंह राना मगर शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै, झापाको गौरादह नगरपालिका–६ शिवजी चोकमा सोही नगरपालिका–७ गछीयामारी टोल बस्ने ४० वर्षीय दुर्गे हस्दा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी झापाको बिर्तामोड नगरपालिका(५ मुक्तिचौकस्थित सडक छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
रूपन्देहीको सम्मरीमाई गाउँपालिका–३ पिप्रहवा बस्ने सन्तोष चमारको छोरा १६ वर्षीय विरू चमार सोही ठाउँस्थित खेतमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् भने चितवनको भरतपुर महानगरपालिका–२६ आदर्श टोलस्थित घाँसे झाडीमा सोही ठाउँ बस्ने ६३ वर्षीय शुक बहादुर महतो शनिबार मृत अवस्थामा फेला परेका छन् ।
कञ्चनपुरको भिमदत्त नगरपालिका– ११ चौकीसत्तास्थित दश गजामा जमेको पानीमा सोही नगरपालिका–५ शुकासाल बस्ने ७१ वर्षीय श्यामु दमाइ शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।