टिपरको ठक्करबाट राष्ट्रिय अनुसन्धानका पूर्व डिएसपीको मृत्यु

टिपरको ठक्करबाट राष्ट्रिय अनुसन्धानका पूर्व डिएसपीको मृत्यु

बिहिवार, माघ २५ २०८०
बिहिवार, माघ २५ २०८०
  • टिपरको ठक्करबाट राष्ट्रिय अनुसन्धानका पूर्व डिएसपीको मृत्यु

    बारा । बारामा टिपरको ठक्करबाट  राष्ट्रिय अनुसन्धान विभागका एक पूर्व डिएसपीको मृत्यु भएको छ । टिपरको ठक्करबाट राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रहरी नायब उपरीक्षक विष्णु थापाको मृत्यु भएको हो । 

    मोटरसाइकलमा पिलुवाबाट कलैयातर्फ जाँदै गरेका थापालाई कलैयाबाट पिलुवातर्फ गइरहेको टिपरले बुधवारसाँझ बडहर्वा चोकमा ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । थापाको उपचारका क्रममा रातीनै कलैया प्रदेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

    कलैया उपमहानगरपालिका–७ बरेवा निवासी थापा राष्ट्रिय अनुसन्धान विभागबाट हालैमात्र सेवा निवृत्त भएका थिए। ठक्कर दिने टिपरलाई नियन्त्रणमा लिएको प्रहरीले फरार चालकको खोजी भइरहेको जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij