बिलबीजक नभएका एक करोड ३१ लाखभन्दा बढी मूल्यका सामान बरामद

बिलबीजक नभएका एक करोड ३१ लाखभन्दा बढी मूल्यका सामान बरामद

मंगलवार, भाद्र ११ २०८१
मंगलवार, भाद्र ११ २०८१
  • बिलबीजक नभएका एक करोड ३१ लाखभन्दा बढी मूल्यका सामान बरामद

    वीरगञ्ज । वीरगञ्जमा १ करोड ३१ लाख १५ हजार ६ सय ९८ रुपैयाँ मूल्य पर्ने बिलबीजक नभएका औषधि तथा लत्ताकपडासहित सामान बरामद गरिएको छ । 

    जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–८ स्थित घण्टाघरबाट बिलबीजकभन्दा धेरै समान बोकेका दुईवटा ट्रकसहितको सामान बरामद गरेको प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए । 

    उनले बिलबीजकभन्दा धेरै सामान बोकेका लत्ताकपडा र औषधि बोकेका ट्रकलाई आइतबार राति पक्राउ गरिएकामा राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको बताए । 

    प्रदेश ७–०१–००१ ख ३०८८ र ना ३ ख ५१६५ नंको मालवाहक ट्रकबाट कपडा, औषधि र खुद्रा मालवस्तु लोड गरी चितवन तथा कैलालीतर्फ लैजाने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij