काठमाडौं । नवलपरासी पश्चिमबाट १ सय ३० किलो रक्तचन्दनसहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरीका अनुसार रामग्राम नगरपालिका–८ लोसडामा लुकाएर राखिएको ८१ थान रक्तचन्दन आइतबार बरामद भएको हो ।
रक्तचन्दन लुकाएर राखेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरीले स्थानीय प्रमोद गिरीको घरबाट १ सय ३० किलो रक्तचन्दन बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
भारतबाट नेपाल हुँदै चीनतर्फ लैजाने उद्देश्यले रक्तचन्दन ल्याएर लुकाएर राखेको हुन सक्ने प्रहरीको अनुमान छ । चीनसम्म लैजाँदा यसको मूल्य प्रतिकेजी १५ हजार पर्न सक्ने प्रहरीले अनुमान गरेको छ ।
रक्तचन्दन र पक्राउ परेका गिरीलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय पठाइएको छ ।