घरभित्रै बोरामा लुकाएको १६ किलो चरेससहित एक महिला पक्राउ

घरभित्रै बोरामा लुकाएको १६ किलो चरेससहित एक महिला पक्राउ

आइतवार, भाद्र ९ २०८१
आइतवार, भाद्र ९ २०८१
  • घरभित्रै बोरामा लुकाएको १६ किलो चरेससहित एक महिला पक्राउ

    काठमाडौं । कैलालीको गोदावरीबाट सोह्र किलो चरेससहित एक महिलालाई पक्राउ गरिएको छ । बझाङको बुङ्गल नगरपालिका–२ दहबगर मल्ली बत्थी घर भई हाल कैलालीको गोदावरी नगरपालिका–२ तेघरी बस्ने ४५ वर्षीया मङ्गलीदेवी धामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घरमा लागुऔषध (चरेस)को ओसारपसार तथा कारोबार भइरहेको विशेष सूचनाका आधारमा खानतलासी गर्दा निजको घरमा बोराभित्र लुकाइछिपाइ राखेको १६ किलो एक सय ८० ग्राम लागुऔषध (चरेस) जस्तो देखिने कालो पदार्थ बदामद गरिएको थियाे । धामीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय मालाखेतीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij