सुदूरपश्चिम सरकारले बजेटमा २५ लाखभन्दा कमका योजना नराख्ने

सुदूरपश्चिम सरकारले बजेटमा २५ लाखभन्दा कमका योजना नराख्ने

सोमवार, भाद्र ३ २०८१
सोमवार, भाद्र ३ २०८१
  • सुदूरपश्चिम सरकारले बजेटमा २५ लाखभन्दा कमका योजना नराख्ने

    काठमाडौं । चालू आर्थिक वर्षको बजेट निर्माणमा जुटेको सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माणका ४ वटा आधार तय गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार सरकारका मन्त्रीहरूलाई राखेर पत्रकार सम्मेलन गर्दै बजेट निर्माणका ४ वटा आधार तय गरेको घोषणा गरेका हुन् ।

    साथै मुख्यमन्त्री शाहले जारी विज्ञप्तिअनुसार प्रदेश सरकारले २५ लाख भन्दामाथि सिलिङ कायम गरी बजेट विनियोजन गर्ने जनाएको छ । आवश्यकता र आौचित्यको आधारमा २५ लाखभन्दा कम बजेट विनियोजन गर्नुपर्ने भएमा कार्य योजनासहित सशर्त अनुदानको रूपमा स्थानीय तहलाई वित्तीय हस्तान्तरण गर्ने भएको छ ।

    प्रदेश सरकारबाट व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी  र सहकारीलाई बजेट तोकेर विनियोजन नगर्ने जनाएको छ । साथै प्रदेश सरकारबाट कार्यान्वयन हुने कुनै पनि योजना उपभोक्ता समितिमार्फत गरिने आधार तय भएको मुख्यमन्त्री शाहले बताए ।

    यसअघिका सरकारहरूले ५० हजारसम्मका बजेट विनियोजन गर्दै आएका थिए भने उपभोक्ता समितिमार्फत समेत काम हुँदै आएको थियो । तर मुख्यमन्त्री शाहले उपभोक्ता समितिमार्फत काम नगराउने रणनीति लिएका छन् । साथै यसअघिका सरकारले व्यक्ति, समूह ,संस्था, निजी फर्म ,कम्पनी  र सहकारीलाई तोकेर बजेट विनियोजन गर्दै आएका थिए ।

    sudur

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij