बझाङ । बझाङमा पहिरोमा परेर एकै घरका चारजनाको ज्यान गएको छ । छजनाको जीवितै उद्धार गरिएको छ । अविरल वर्षासँगै जिल्लाको बुङ्गल नगरपालिका–१० स्थित टुमेडा गाउँमा पहिरो जाँदा चारजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बुङ्गल–१० का टुमेडाका काली धामी, गोल्की धामी, आकृति धामी, लक्ष्मी धामी रहेका छन् । प्रहरीका अनुसार, गए राति घर माथिबाट खसेको पहिरोमा घर पुरिँदा सो घट्ना भएको हो ।
पहिरोमा परी पुरिएका शव स्थानीय र प्रहरीको टोलीको सक्रियतामा बिहान निकालिएको थियो । पहिरोमा पुरिएका वीरबहादुर धामी, उज्जल धामी, रोशन धामी, कमला धामी, अम्बादत्त जोशी र शान्ति धामीको जीवितै उद्धार गरिएको छ ।