गठ्ठाघर दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न गृहमन्त्रीको निर्देशन

गठ्ठाघर दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न गृहमन्त्रीको निर्देशन

शुक्रवार, श्रावण ३२ २०८१
शुक्रवार, श्रावण ३२ २०८१
  • गठ्ठाघर दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न गृहमन्त्रीको निर्देशन

    भक्तपुर । गृहमन्त्रालयले भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको घटनाको गम्भीरतापूर्वक छानबिन गर्न निर्देशन दिएको छ । गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई घट्नाको छानविनगर्न निर्देशन दिएका हुन् ।

    गठ्ठाघर दुर्घटनाबाट आफु अत्यन्त दुःखित भएको बताउँदै मन्त्री लेखकले घट्ना हुन्ुमा कस्को गल्ती छ, त्यसको निश्पक्ष छानविन गर्न निर्देशन दिए । मन्त्री लेखकले भने, ‘गठ्ठाघरको दुर्घटना हुनुमा प्रहरीको गल्ती छ की छैन ? त्यसको गम्भीरतापूर्वक छानबिन गर्नुहोस् ।’

    बिहीबार दिउँसो दुई वजे भक्तपुरको गठ्ठाघर चोक नजिकै काठमाडौंतर्फबाट आइरहेको ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिँदा सोहि दिशाबाट आइरहेको बा ३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुंगा स्थायी घर भएका उत्तम कोइरालाको मृत्यु भएको थियो । 

    घटनापछि आक्रोशित स्थानीयले ढुंगा मुढा गर्दै ट्रकमा तोडफोड गर्नुका साथै गठ्ठाघरमा मूल सडक पाँच घण्टासम्म अवरुद्ध पारेर प्रदर्शन गरेका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास हानेको थियो । स्थानीय र प्रदर्शनकारीले सडकमा जथाभावी गाडी रोकेर चेकिङ गर्दा दुर्घटना भएको भन्दै प्रहरीविरुद्ध समेत जाई लागेका थिए ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij