भन्सार छलेर गैरकानुनी रूपमा भित्र्याइएका सामान बरामद

भन्सार छलेर गैरकानुनी रूपमा भित्र्याइएका सामान बरामद

बिहिवार, श्रावण ३१ २०८१
बिहिवार, श्रावण ३१ २०८१
  • भन्सार छलेर गैरकानुनी रूपमा भित्र्याइएका सामान बरामद

    भद्रपुर(झापा) । स्थानीय प्रशासनले भन्सार छलेर भित्र्याइएका सात लाख ६७ हजार बराबरका मोबाइल सेट, जुत्ता, चप्पललगायतका समान बरामद गरेको छ । 

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बरामद गरिएका समान मेची भन्सार कार्यालयलाई बुझाइएको बताए । बुधबार बेलुका बिर्तामोडको अदुवा खोलास्थित भारतमा दर्ता भएको गाडी जाँच गर्दा एप्पल कम्पनीका विभिन्न मोडलका प्रयोग भइसकेका विलविजक नभएका १२ थान मोबाइल बरामद गरिएको  हो । गैरकानुनी काममा प्रयोग भएको गाडी र त्यसका चालक मेचीनगर नगरपालिका– १० का सुर मुखियालाई पनि भन्सार कार्यालय पठाएको छ ।

    यसैगरी, बुधबार नै मेचीनगर नगरपालिका–६ काँकडभिट्टा हुँदै भन्सार छलेर ल्याइएका तामाका जग, बालबालिकाका जुत्ता, चप्पल र ५५ किलो सुपारी पनि बरामद गरिएको जनाइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij