काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार विश्वासको मत लिने भएका छन् । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले साउन ३० गते बुधबार प्रदेश सभाबाट विश्वास मत लिने भएका हुन् ।
साउन २० गते मुख्यमन्त्री नियुक्त भएका शाहले प्रदेश सभा सचिवालयलाई पत्र पठाउँदै बुधबार विश्वासको मत प्रयोजनका लागि व्यवस्थापन गरिदिन आग्रह गरेका हुन् ।
५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्तिका सात सांसद रहेका छन् । बहुमतका लागि २७ सांसद आवश्यक पर्ने सुदूरपश्चिममा एमाले र कांग्रेसकै सांसद संख्याले पनि बहुमत पुग्छ । त्यसै नागरिक उन्मुक्तिको मत थपिदा दुई तिहाइ नजिक पुग्ने छ ।
कांग्रेस–एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका शाहले विश्वासको मत लिइसकेपछि चालु आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेका छन् ।