काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा ठेकन्द्रराज जोशी नियुक्त भएका छन् । मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले जोशीलाई आइतबार मुख्य न्यायाधिवक्ता नियुक्त गरेको हो ।
कानुन व्यवसायी जोशी यसअघिको मुख्यमन्त्री शाहकै नेतृत्वको प्रदेश सरकारको समयमा ८ महिना मुख्य न्यायाधिक्ता रहेका थिए । जोशी कांग्रेस नजिक प्रजातान्त्रिक कानुन व्यवसायी संघसँग आबद्ध रहेका छन् ।