सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीद्वारा राजीनामा

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीद्वारा राजीनामा

शुक्रवार, श्रावण १८ २०८१
शुक्रवार, श्रावण १८ २०८१
  • सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीद्वारा राजीनामा

    काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले राजीनामा दिएका छन् । शुक्रबार प्रदेशसभा बैठकमा सम्बोधन गर्दै उनले पदबाट राजीनामा दिएका हुन् ।

    राजीनामालगत्तै उनी प्रदेश प्रमुख नजिर मियाँलाई राजीनामा बुझाउन प्रदेश प्रमुखको निवास पुगेका छन् ।

    केन्द्रमा कांग्रेस–एमाले गठबन्धन बनेपछि नेकपा एमाले सरकारबाट बाहिरिएको थियो। एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सुदूरपश्चिम सरकार अल्पमतमा परेको थियो ।

    अल्पमतमा परे पनि उनले प्रदेश सभामा विश्वासको मत लिएका थिएनन्। कांग्रेस–एमालेले उनको राजीनामा माग्दै आएका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij