गुरुदेव कामतको शोकमा मधेस प्रदेश सरकारले राष्ट्रिय झण्डा आधा झुकाउने

गुरुदेव कामतको शोकमा मधेस प्रदेश सरकारले राष्ट्रिय झण्डा आधा झुकाउने

शुक्रवार, श्रावण १८ २०८१
शुक्रवार, श्रावण १८ २०८१
  • गुरुदेव कामतको शोकमा मधेस प्रदेश सरकारले राष्ट्रिय झण्डा आधा झुकाउने
    गोदार (धनुषा) । शास्त्रीय सङ्गीतका साधक तथा गायक गुरुदेव कामतको निधनको शोकमा मधेस प्रदेश सरकारले राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ । प्रदेश सरकारले आइतबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो ।
     
    मधेस प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले आज शोक वक्तव्य जारी गर्दै स्व कामतको निधनप्रति शोक तथा श्रद्धाञ्जली व्यक्त गर्न आइतबार मधेस प्रदेशका सरकारी तथा सार्वजनिक कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने जानकारी दिनुभएको हो । कामतले शिक्षा, चेतना र संस्कार उन्नयनमा सङ्गीत विधालाई आजीवन अघि बढाएको वक्तव्यमा उल्लेख छ ।
     
    वक्तव्यमा मुख्यमन्त्री सिंहले अत्यन्त प्रभावशाली ढङ्गले गीतसङ्गीतका माध्यमबाट भावनात्मक, आध्यात्मिक, सामाजिक एवम् सांस्कृतिक विषयवस्तुलाई अभिव्यक्त गर्न सम्पूर्ण जीवन व्यतीत गर्नुभएका दिवङ्गत गुरुदेवप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।
     
    स्व कामतले मनोरञ्जन र जीविकोपार्जनका लागि मात्र नभई अत्यन्त कठिन र सङ्घर्षपूर्ण साङ्गीतिक आरधना र उपासनाका यात्राबाट मुख्यमन्त्री सिंहले शास्त्रीय तथा सुगम सङ्गीत परम्परालाई थप सिर्जनात्मक बनाएर उल्लेख गरेका छन्। स्व कामतले जीवनका कठोरतम् क्षणसँग लड्दै सङ्गीत क्षेत्रमा पु¥याउनुभएको योगदान सदैव स्मरणीय रहने वक्तव्यमा उल्लेख छ ।  
     
    वक्तव्यमा भनिएको छ, ‘शास्त्रीय एवम् सुगम दुवै सङ्गीतसम्बद्ध जीवनमा नयाँ चेतना प्रदान गर्ने गुरुदेवजीले सङ्गीत शिक्षालाई नेपालमा नयाँ दिशा तथा आयाम दिए । उनको अतुल्य तथा विलक्षण प्रतिभाबाट धेरै सङ्ख्यामा सङ्गीताभ्यासीहरू सुरसाधनाका गहनतम् पक्षलाई सरलतम् ढङ्गले बुझ्न सक्षम भएका छन् ।’
     
    स्व कामतकै प्रेरणा र सामीप्यबाट सङ्गीत विधामा नयाँ पुस्ताका प्रतिनिधिहरू उत्सुक भएको अवस्था रहेको मुख्यमन्त्री सिंहले उल्लेख गरे। एउटा आदर्श सङ्गीत अनुयायी, गुरु र साङ्गीतिक फाँटमा मानवीय मूल्यको निरुपण गर्ने संवेदनशील स्रस्टा÷साधकका रूपमा दिवङ्गत गुरुदेवजी नेपाली साङ्गीतिक आकासमा सधैँभरि चम्किलो नक्षत्र भएर सबैलाई प्रेरित एवम् प्रोत्साहित गरिरहने मुख्यमन्त्री सिँहले वक्तव्यमा भने । कामतको सिरहास्थित लक्ष्मीपुरतारी गाउँपालिका–२ पोखरभिण्डामा बिहीबार निधन भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij