आज विश्वासको मत लिँदै सुदूरपश्चिमका मुख्यमन्त्री सोडारी

आज विश्वासको मत लिँदै सुदूरपश्चिमका मुख्यमन्त्री सोडारी

शुक्रवार, श्रावण १८ २०८१
शुक्रवार, श्रावण १८ २०८१
  • आज विश्वासको मत लिँदै सुदूरपश्चिमका मुख्यमन्त्री सोडारी

    काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार विश्वासको मत लिँदै छन् । गत असार २० गते नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेपछि सोडारीले प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन् ।

    सोडारी एमालेका ११, माओवादीका सभामुखबाहेक १०, नागरिक उन्मुक्ति पार्टीका २, समाजवादीका ४ र स्वतन्त्र १ गरी २८ जनाको समर्थनमा वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर, केन्द्रमा कांग्रेससँग सत्ता गठबन्धन बनेसँगै एमालेले सरकार छोडेको थियो । 

    दुई दलको सहमति अनुसार सुदूरपश्चिमको नेतृत्व कांग्रेसले गर्ने भएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij