चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमनमा वृद्धि

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमनमा वृद्धि

मंगलवार, श्रावण १५ २०८१
मंगलवार, श्रावण १५ २०८१
  • चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमनमा वृद्धि

    चितवन । अघिल्लो आर्थिक वर्षको तुलनमा गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढेको छ । आर्थिक बर्ष २०८०/८१ मा ३ लाख ६ हजार ८३७ पर्यटकले निकुञ्ज अवलोकन गरेका थिए । अघिल्लो आर्थिक बर्षमा यो सङ्ख्या २ लाख ९९ हजार ४ सय १२  थियो । 

    निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आर्थिक वर्षमा २ लाख ७४ हजार २ सय ९९ पर्यटक सौराहा क्षेत्रबाट प्रवेश गरेकामा अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या २ लाख ७१ हजार ७ सय ३१  थियो । गत आर्थिक बर्षमा भरतपुर महानगर हुँदै २७ हजार ९ सय ५६ पर्यटक आएका थिए । आर्थिक बर्ष २०७९/८० मा यो सङ्ख्या २३ हजार २ सय ५७  थियो । 

     भरतपुर महानगरपालिकाका पर्यटनविज्ञ विश्व सुवेदीले चितवन भ्रमण वर्षको राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा गरिएको प्रचारले निकुञ्जमा पर्यटक बढेका बताए । उनले बाह्य मुलुकबाट धार्मिक पर्यटक आउनेगरी धार्मिक कार्यक्रम, देवघाटधाम महोत्सव, जङ्गल सफारी मार्ट, म्याराथन आयोजना गरिने जानकारी दिए ।
     
    भ्रमण वर्षका अवसरमा देवनगरमा सर्वसाधारणका लागि हेर्न मिल्ने गरी उद्धार गरिएका पाटेबाघ राखिएका छन् । दियालो बङ्गला पनि सर्वसाधारणका लागि खुला गरिएको छ । यो पर्यटकका लागि नयाँ गन्तव्य बनेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij